गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न– प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?
फाइल
काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन्। गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन्।
‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन्।
‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment