लुकाएर बस्न हुन्न तिमीले यो मर्म (कविता)
हेर्छु म तिम्रो तस्विर घरि घरि
ति राता निला डाम पाखुरा भरि
कस्ले तिम्रो यो हालत बनायो?
अत्याचारको पराकाष्ठा नाघेर आयो
के थियो तिम्रो कशुर यसरि पिटिन पर्ने?
के छ तिम्रो मर्म यो अन्याय सहन पर्ने??
मानव चोला हो यो एक सुन्दर उपहार
कस्ले खोस्यो तिम्रो जीवनको वहार??
आज राति पनि म झस्केर उठें
ॲाखाबाट बगेका ॲाशुका थोपा पुछें
तिम्रो चित्कार यो कानमा गुन्जि रहन्छ
तिम्रो यातना देख्दा यि ॲाखा टोलाइ रहन्छ
खै किन तिमी यो सबै सहेर बस्छौ?
आफ्नो मनको बह किन घॅाटी भित्र कस्छौ??
छैन यो सॅसारमा कसैले अजम्बरी खाएको
रमाउनलाई हो यो चोला पाएको
आफ्नो शरिरको रक्षा गर्नु पनि तिम्रो धर्म
लुकाएर बस्न हुन्न तिमीले यो मर्म
छैन अधिकार कसैलाई पनि हातपात गर्न
तिमीले अब पर्छ यो अन्यायाको बाटो मोड्न
( घरेलु हिंशा नसहनु है)
No ads found for this position




Facebook Comment