समृद्ध देश बनाउने सामर्थ्य एमालेसँग मात्रै : महासचिव पाेखरेल
नेपालगञ्ज। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने सामर्थ्य र सङ्कल्प एमालेसँग मात्रै भएको बताएका छन्।
नेकपा (एमाले) बाँकेले सञ्चालन गर्ने दुई महिने निर्वाचन अभियानको सोमबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा शुभारम्भ गर्दै महासचिव पोखरेलले भने,‘एमाले नेतृत्वको सरकारले गरेका कामहरू जनता माझ लिएर जानुहोस्, विकास र समृद्धिको काम गर्नेलाई जनताले पक्कै अवसर दिनेछन्।’
उनले गठबन्धनबाट देश बन्दैन भन्ने निश्चित भइसकेको भन्दै देश बनाउने पार्टी एमाले मात्रै हो भन्ने सन्देश जनतामाझ पुगेको बताए। महासचिव पोखरेलले आगामी निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको बताए।
एमाले नेतृत्वको सरकारले विकास निर्माणमा तराई-मधेसलाई उच्च प्राथमिकता दिएको बताउँदै उनले देशको रणनीतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति नै भएको उल्लेख गरे। लुम्विनी प्रदेशको एकमात्र विश्वविद्यालय एमाले नेतृत्वको प्रदेश सरकारले बाँकेबासीलाई उपहार दिएको उनले बताए।







डिसी नेपाल







Facebook Comment