सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरूविरुद्ध उजुरी दिन आह्वान

डिसी नेपाल
२८ भदौ २०७९ १७:११
140
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले न्याय परिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीबिरुद्ध उजुरी आह्वानका लागि १० दिनको सूचना जारी गर्ने निर्णय गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । संसदको कार्यकाल केही दिनमा सकिने भएपछि प्रक्रिया छोट्याएर सुनुवाई गर्ने बिषयमा बैठकमा छलफल भएको थियो ।

तर त्यसले बाहिर नकारात्मक सन्देश जाने भएकाले नियमित प्रक्रिया नै सुरु गर्ने निर्णय बैठकले गरेको हो । समिति सभापति कर्णले संसदीय सुनुवाई समितिको कार्यबिधि अनुसार नै प्रस्तावित व्यक्तिहरुको बारेमा उजुरी दिन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको बताए ।

बैठकमा समिति सदस्यहरुले सार्वभौम प्रतिनिधिसभाको समयावधि तोक्ने काम आयोगलाई नभएको बताएका थिए । बैठकमा एमाले मुख्य सचेतक बिशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताए । त्यस्तै माओवादी केन्द्रका सांसद देव गुरुङले कार्यकालको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने धारणा राखे ।

न्यायधीशका लागि सिफारिस भएकी दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन् भने शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुनुहुन्छ । त्यस्तै पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.