प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

डिसी नेपाल
२९ भदौ २०७९ १२:००
148
Shares

काठमाडौँ। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी खुमलटार पुगेका छन्।

प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन्।

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.