अब नेपालमा खेलकुद विश्वविद्यालय पनि

डिसी नेपाल
३१ भदौ २०७९ १४:००
28
Shares

काठमाडौं । नेपालका विश्वविद्यालयहरुको सूचीमा अब खेलकुद विश्वविद्यालय पनि थपिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष गरेका छन्। आज प्रम देउवाले बालुवाटारमा आयोजित एक औपाचारिक कार्यक्रममा बोल्दै सो उद्घोष गरेका हुन्।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग हतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको बताए।

‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ। हामीले अझै ख्याति कमाउन बाँकी नै छ। तरपनि आलेम्पिक लगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरु हुनुहुन्छ। हाम्रा युवाहरु पनि धेरै खेलकुदमा रमाउँछन्,’ प्रधानमन्त्री देउवाले भने, ‘हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभसिंटी खोल्नुपर्छ भन्नुभएको छ। हामी छिट्टै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ। तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन। तरपनि शुरुवात गर्ने हाम्रो सोचाइ छ। शुरुवात गर्नेछौं। त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *