साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

डिसी नेपाल
२ असोज २०७९ १३:३०
272
Shares

रियाद। एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन्। उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेका थिए।

६३ वर्षीय अबु अब्दुल्लालाई ‘शताब्दीको बहुविवाहक’ उपनाम दिइएको छ। हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन्।

‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाइन किनकी म आनन्दित थिए’, उनले अगाडि भने, ‘तर, केही समयपछि समस्या देखियो। २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरे र मेरो निर्णय श्रीमतीलाई सुनाए।’

गल्फ न्यूजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा भयो। यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए। अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो। ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे। पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे। उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने। उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *