जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची

डिसी नेपाल
३ असोज २०७९ १६:११
196
Shares

काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो ।

जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.