अमेरिकामा रेनो एयर रेसको क्रममा जेट विमान दुर्घटना

डिसी नेपाल
३ असोज २०७९ १६:२८
24
Shares

काठमाडौं । अमेरिकाको नेभाडा राज्यमा एउटा जेट विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको छ । दुर्घटना एसटीआइएचएल राष्ट्रिय च्याम्पियनसिप एयर रेस (रेनो एयर रेस) को समयमा भएको थियो। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा देख्न सकिन्छ कि रेसको क्रममा कैयौं जेट विमान उडेका छन् । यी मध्ये एउटा जेट अचानक खसेको देखिन्छ। जेटले जमिनमा ठोक्नेबित्तिकै आगो लाग्यो। घटनास्थलमा धुवाँको मुस्लो उठ्यो र जेटको भग्नावशेष देखिन्थ्यो।

रेनो एयर रेसिङ एसोसिएसनका अध्यक्ष र सीईओ फ्रेड टेलिंगले भने – यस एयर रेसिङ कार्यक्रममा १५२ जेटले भाग लिएका थिए। १५६ पाइलटहरू उपस्थित थिए। एयर रेसिङको तेस्रो ल्यापको समयमा एउटा भयानक दुर्घटना भयो। जसमा पाइलटको मृत्यु भएयो । दुर्घटना कसरी भयो भन्ने कारण भने खुल्न सकेको छैन । राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।

उनले भने–दुर्घटनापछि अरु सबै जेटको अवतरण भइसकेको छ । दुर्घटनामा कोही पनि घाइते भएका छैनन् । २०२२ को लागि सबै रेस अपरेशनहरू निलम्बित गरिएको छ। दुर्घटनामा परी ज्यान गुमाएका पाइलटका परिवारप्रति समवेदना व्यक्त गर्दछौं।

रेसिङको क्रममा दुर्घटना भएको पहिलो पटक होइन। यस्तै एउटा घटना सन् २०११ मा रेनो एयर रेसको समयमा भएको थियो । सन्तुलन गुमाएपछि एक जेट दर्शकमाझ ठोक्किएको थियो । दुर्घटनामा पाइलट सहित ११ जनाको मृत्यु भएको थियो । ६० भन्दा बढी घाइते भएका थिए ।

२०१४ मा, विमान त्रुटिपूर्ण पखेटाका कारण दुर्घटनाग्रस्त भयो। जसमा वायुसेनाका एक सेवानिवृत्त पाइलटको मृत्यु भएको थियो । दुर्घटनाका कारण पाइलट र दर्शकको सुरक्षालाई लिएर रेसिङ एसोसिएसनमा धेरै प्रश्न उठिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *