इरानमा महिलाहरूले सरकारविरुद्ध विद्रोह सुरु गरे
काठमाडौं । इरानमा हिजाब नलगाएको भन्दै प्रहरी हिरासतमा राखिएकी एक युवतीको मृत्यु भएपछि हंगामा बढ्दै गएको छ । यहाँका महिला तथा युवतीहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।
इरानमा हिजाब लगाउने कडा कानुन भए पनि महिलाहरूले हिजाब फुकालेर र धेरै ठाउँमा हिजाब जलाएर विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच सामाजिक सञ्जालमा यस्तो भिडियो पनि भाइरल भइरहेको छ, जसमा इरानी युवतीहरू यस विरोधमा कैंचीले कपाल काटेको देखिएका छन् ।
२२ वर्षीया इरानी युवती महसा अमिनीको शुक्रबार मृत्यु भएको छ । मिडिया रिपोर्टमा मृत्युको कारण हृदयघात भएको बताइएको छ । त्यसबेला महसा प्रहरी हिरासतमा थिइन् ।
बीबीसीका अनुसार घटनाको समयमा उपस्थित प्रत्यक्षदर्शीहरूले महसा अमिनीलाई तेहरानबाट पक्राउ गरेपछि प्रहरी चौकीमा लगिएको बताएका छन्। तर, प्रहरीले हिरासतमा रहेका बेला अमिनीलाई अचानक हृदयघात भएको भन्दै आरोप अस्वीकार गरेको छ ।
Girls in Iran revolt & publicly remove their Hijabs in protest against brutal murder of #MahsaAmini a 22 yr old Girl,Killed by Moral Police demons 4 not wearing Hijab. Girls lead revolution against Forced #Hijab Compulsion & Cruelty inflicted on them by Extremist Radical Monsters pic.twitter.com/KzCdFIihSz
— Jyot Jeet (@activistjyot) September 17, 2022
अर्कोतर्फ महसा अमिनीको परिवारले महसा पूर्णरुपमा स्वस्थ रहेको दाबी गरेको छ । प्रहरी हिरासतमा केही भयो, जसका कारण मृत्यु भएको उनको आरोप छ ।
इरानी युवती महसाको मृत्युपछि हंगामा मच्चियो, इरानमा जुन स्तरको विद्रोह मच्चिएको छ, त्यो त कसैले सोचेको पनि थिएन । महसाको समर्थनमा ठूलो संख्यामा महिलाहरु सडकमा उत्रिएका छन् । धेरै ठाउँमा सुरक्षाकर्मीले गोली चलाउनु पर्ने अवस्था आयो ।
महसाको मृत्युको विरोधमा इरानको राजधानी तेहरानमा महिलाले कडा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनका क्रममा हजारौं महिलाहरू भेला भएका थिए, जसमाथि पछि सुरक्षाबलले दमन गर्न थाल्यो। उनीहरुलाई रोक्न अश्रुग्यास समेत प्रहार गरिएको थियो ।
यस्ता धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल पनि भएका छन्, जसमा महिलाहरू प्रदर्शन गरिरहेका छन्। विरोधलाई अनौठो रूप दिँदै धेरै महिलाले आफ्नो कपाल काटेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन्, जुन निकै भाइरल भइरहेको छ ।
Iran: Here is a another girl cutting her hairs to protest Masha Amini’s death by Iranian police.#MashaAmini pic.twitter.com/8z8aHHZaDK
— Fazila Baloch?☀️ (@IFazilaBaloch) September 18, 2022
महसा अमिनीको अन्त्येष्टिलाई लिएर पनि हंगामा भएको थियो । इरानको कुर्दिस्तान प्रान्तमा पर्ने उनको गृहनगर साकागेमा इस्लामिक रीतिरिवाज अनुसार उनको अन्त्येष्टि गरिएको थियो । यस क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए जसमा धेरैले प्रदर्शन समेत गरेका थिए । उनीहरुलाई रोक्न प्रहरीले निकै मेहनत गर्नुपरेको थियो ।
महसा अमिनीको मृत्यु र यी प्रदर्शनहरू यस्तो समयमा भइरहेको छ जब इरानमा महिलामाथि दमनकारी यातनाका घटनाहरू बढिरहेका छन्। इस्लामिक ड्रेस कोडको पालना नगर्ने महिलालाई सरकारी कार्यालय र बैंक जानबाट रोक लगाइएको छ । यस वर्षको सुरुमा पनि महिलाहरूलाई विज्ञापनमा देखिन प्रतिबन्ध लगाइएको थियो।
Iran: Women cutting their hair in protest to Mahsa (Zhina) Amini’s death, 22-y-o Kurdish woman who died on 16Sep after going into a coma in police custody, arrested over “violating” Islamic hijab rules. (@ShinD1982, @negarkardan) #MahsaAmini #مهسا_امینیpic.twitter.com/kV7mIqLKX2
— Khosro Kalbasi (@KhosroKalbasi) September 18, 2022
इरान शरिया कानूनको पालना गर्ने इस्लामिक देश हो। इरानमा सात वर्षभन्दा माथिका कुनै पनि केटीले कपाल ढाकेर मात्र बाहिर निस्कन पाउँछन् । साथै, यो उमेरदेखि केटीहरूलाई लामो लुगा लगाउन भनिन्छ।
जुलाई ५ मा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिजाब ऐन लागू गरेका थिए, जुन इरानमा महिला र केटीहरूमाथि लगाइएको एक प्रकारको नयाँ प्रतिबन्ध हो। यदि कसैले यो नियम उल्लंघन गरेमा कानुनी कारबाही भोग्नुपर्नेछ।
नियम उल्लङ्घन गर्नेलाई कहिले जरिवाना गरिन्छ त कहिले गिरफ्तार पनि हुन्छ । हिजाब नलगाएको आरोपमा तेहरानबाट महसा अमिनीलाई पनि हिरासतमा लिइएको थियो, जसको पछि प्रहरी हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएको थियो।







डिसी नेपाल







Facebook Comment