बेलायती झन्डा बनाउन चिनियाँ कम्पनीलाई भ्याइनभ्याई

डिसी नेपाल
४ असोज २०७९ ११:१०
6.6k
Shares

बेइजिङ। ८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो। एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुट्टाइएको थियो।

कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्रद्धान्जली दिन प्रतिबन्ध लगाइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो।

सांघाइको दक्षिणमा रहेको शाओक्सिङ चुआङ्दोङ टुर आर्टिकल कम्पनिमा कर्मचारीहरूले दिनमा करिब १४ घन्टासम्म झन्डा बनाउने काममा लगाइएको थियो। महाप्रबन्धक फ्यान एइपिङका अनुुसार उनीहरुले पहिलो सातामा कम्तीमा ५ लाख झन्डा बनाएका थिए।

अधिकांश झण्डामा रानीको तस्विर र उनको जन्म र मृत्युको वर्ष उल्लेख छ। फ्यानका अनुसार एउटै ग्राहकले हजारौँ झन्डको अर्डर गरेका थिए। महारानी एलिजाबेथको सोमबार अन्तिम संस्कार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *