रुसले युक्रेनको लुहान्स्कलाई आफ्नो देशमा गाभ्न जनमत संग्रह गर्दै, शुक्रबार मतदान सुरु हुने

डिसी नेपाल
५ असोज २०७९ १२:५५
76
Shares

काठमाडौं । रुसी अधिकारीहरूले युक्रेनको लुहान्स्कमा जनमत संग्रहको तयारी गरिरहेका छन्। भोटिङ यही शुक्रबार सुरु हुँदैछ । यो मतदानले रुसको कब्जामा रहेको युक्रेनका क्षेत्रहरू रुससँग सामेल हुन चाहन्छन् वा चाहँदैनन् भन्ने निर्णय गर्नेछ।

डोनेट्स्क र खेरसनमा पनि यस्तै तयारी भइरहेको छ। जापोरिजियामा एक रुसी-नियुक्त अधिकारीले त्यस क्षेत्रको कब्जा गरिएका भागहरूमा केही दिनभित्रै यस्तै जनमत संग्रह हुनसक्ने सुझाव दिएका छन्।

एक वरिष्ठ रुसी अधिकारी दिमित्री मेदवेदेवले भने कि त्यस्ता क्षेत्रहरूलाई रूसमा समावेश गर्दा मस्कोलाई ‘आत्म-रक्षा’ को सिद्धान्त अन्तर्गत उनीहरूको रक्षा गर्न अनुमति दिनेछ।

अर्कोतर्फ, युक्रेनले रुसले उठाएको यो कदमलाई झुटो मानेको छ । युक्रेनले रुसले भूमि कब्जा गर्न यस्तो योजना बनाएको बताएको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले भने, “उनीहरूले कुनै पनि परिवर्तन गर्दैनन् र युक्रेनले आफ्नो क्षेत्रको स्वतन्त्रताको लागि लडाइँ जारी राख्नेछ, चाहे रुसले जे भने पनि।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *