अस्ट्रेलियाको समुद्र तटमा १४ वटा स्पर्म ह्वेल मृत फेला परे

डिसी नेपाल
५ असोज २०७९ १३:१३
64
Shares

काठमाडौं । अस्ट्रेलियाको तस्मानियाको तटमा १४ वटा स्पर्म ह्वेल मृत फेला परेका छन् । स्थानीय मानिसहरूले सुरुमा ती मरेका ह्वेलहरूलाई किनारमा देखे र अधिकारीहरूलाई खबर गरेका थिए।

ह्वेलहरू यहाँ कसरी अड्किए भन्ने कारण अहिलेसम्म पत्ता लागेको छैन। त्यहाँ वन्यजन्तु जीवविज्ञानी र पशु चिकित्सकलाई अनुसन्धानका लागि पठाइएको छ ।

तर, तस्मानियाको किनारमा ह्वेल फस्नु कुनै नौलो कुरा होइन। विज्ञहरू भन्छन् कि यो टापु यस्ता घटनाहरूको “हटस्पट” हो।

सरकारी प्रवक्ताले भने कि हवाई सर्वेक्षणले यस क्षेत्रमा अन्य कुनै जीवहरू फसेको छ कि छैन भनेर देखाउनेछ।

स्पर्म ह्वेलको प्रजाति संसारभर खतरामा छ। तिनीहरू १८ मिटर लामो र ४५ टन भारी हुन सक्छन्।

सेप्टेम्बर २०२० मा, अस्ट्रेलियाको तस्मानियामा वेस्ट कोस्टमा फसेपछि ३८० पाइलट ह्वेल मरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *