मानिसको पूरै परिवार घाँस खान बाध्य !

डिसी नेपाल
५ असोज २०७९ १४:२९
16
Shares

काठमाडौं । मानिसको एक परिवार घाँस खान बाध्य भयो। लामो समयदेखि खानेकुरा नपाउँदा उनीहरू घाँस खान बाध्य भएका हुन् । भोकका कारण शरीर नाजुक भइसकेको थियो र त्यसपछि घाँस खाँदा आन्द्रा बिग्रन थाल्यो । यो दुखद सत्य कथा अफगानिस्तानको एक परिवारको हो।

अफगानिस्तानका जनताले २७ वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेका छन् । ठूलो जनसङ्ख्याले खाद्य सङ्कटको सामना गरिरहेको छ । खडेरीले जनताको रोजगारीको ढाड भाँचिएको छ । यसका साथसाथै खस्कँदै गइरहेको अर्थतन्त्र र खाद्यान्नको मूल्यवृद्धि पनि खराब अवस्थाका प्रमुख कारण हुन् ।

‘गार्डियन’को रिपोर्टका अनुसार त्यहाँको एउटा क्षेत्र कुनै समय बदामको बगैचाका रूपमा प्रसिद्ध थियो । तर, अहिले यहाँका जनता असफल जीवन बिताइरहेका छन् । महेर (नाम परिर्वतन) पनि सोही क्षेत्रमा बस्छन् । धेरै पटक घाँस खानु परेको महरले बताए ।

महेरको परिवारमा ६ जना छन् । एक छोरा रहिम हुन् । उनकी श्रीमती र दोस्रो छोरा अहिले अस्पतालमा छन् । खडेरीका कारण जनजीवन निकै कष्टकर भएको महेरले बताए । उनले भने ‘कयौं पटक हामीसँग कुनै विकल्प थिएन, त्यसैले बाध्यतामा घाँस खानुपर्थ्यो ।’

घाँस खाँदा श्रीमती र छोरा अस्पताल भर्ना भएका छन् । दुवैको आन्द्रा बिग्रिएको चिकित्सकले बताएका छन् । दुबै छिट्टै निको होउन् भनेर हरेक दिन प्रार्थना गर्ने महरले बताए ।

‘हामी पनि बदाम खेती गर्थ्यौं तर खडेरीका कारण धेरै एकड खेती नष्ट भयो’ महरले भने । तर, यो परिवारले धेरै सहयोग पाएको छ । अहिले यो परिवार दिनमा दुई पटक रोटी खान्छन् ।

फरहाना (नाम परिर्वतन) पनि महेरको परिवार जस्तै खाद्य संकटको सामना गरिरहेकी छिन् । उनी आफ्ना दुई सन्तानसँग बस्छिन् । एउटी छोरीको नाम हुस्ना हो । गत वर्षको तुलनामा खाद्य तेलको मूल्य दोब्बर भएको उनले बताइन् ।

अली (नाम परिर्वतन) मजदुर हुन् । काम भेटिएपछि दैनिक ज्यालाबापत साढे ३ डलर प्राप्त हुने गरेको उनले बताए । काम नहुँदा फोहोर उठाउने काम गर्छन् । यसबाट उनले दिनभरमा १ देखि २ डलर मात्र कमाउन सक्छन्।

अलीका तीन जोडी जुम्ल्याहा सन्तान छन्, तर उनले कसैलाई विद्यालय पठाउन सक्दैनन्। अफगानिस्तानमा करोडौं बालबालिका शिक्षा प्राप्त गर्न सक्षम छैनन् ।

छ, २०२१ ग्लोबल हंगर इन्डेक्सको रिपोर्टमा अफगानिस्तान ११६ देशमध्ये १०३ नम्बरमा थियो। अफगानिस्तानको स्कोर २८.३ थियो। अफगानिस्तानमा भोकमरीको समस्या निकै चिन्ताजनक रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *