गृहकार्य नगरेको भन्दै बाबुले १२ वर्षीय छोरालाई जिउँदै जलाएर मारे
काठमाडौं । पाकिस्तानमा एक बाबुले आफ्नै बच्चालाई आगो लगाएका छन् । १२ वर्षको छोराको एउटै गल्ती थियो कि उनले गृहकार्य गरेनन् । यो कुरामा बाबु यति रिसाए कि १२ वर्षीय निर्दोष छोरालाई जिउँदै जलाए । छोरालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको मृत्यु भयो ।
डन न्यूजको रिपोर्ट अनुसार यो घटना १४ सेप्टेम्बरको हो । आरोपित बाबु नाजिरले पहिले छोरा शाहीरमाथि मट्टितेल खन्याएर जिउँदै जलाए । बालककी आमाको उजुरीको आधारमा आरोपी बाबुविरुद्ध एफआईआर दर्ता गरिएको छ । अभियुक्त अहिले प्रहरीको हिरासतमा छन् ।
रिपोर्टका अनुसार, बालकलाई गम्भीर रूपमा जलाएपछि अस्पताल लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो। अभियुक्तलाई न्यायिक मजिस्ट्रेट समक्ष पेश गरिएको थियो । उनलाई अदालतले सेप्टेम्बर २४ सम्म प्रहरी हिरासतमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानमा आरोपी नाजिरले आफ्नो छोराको हत्या गर्ने मनसाय नभएको प्रहरीलाई बताए । छोरालाई तर्साउनका लागि मात्रै उनले मट्टितेल छर्केका थिए । किनभने उनले आफ्नो स्कूलको गृहकार्य गरिरहेका थिएनन् ।
आरोपित नाजिरले शाहीरलाई डराउन सलाइ बालेको तर झुक्किएर आगो लागेको बताए । जसका कारण छोरा जलेका थिए । तर, प्रहरीले विभिन्न कोणबाट यस विषयमा अनुसन्धान गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment