एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड पोजेटिभ
डेनमार्क। डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ। मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन्। मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो।
८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन। उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन्। उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment