उत्तर कोरियाले रुसलाई हतियार बेचेको दाबी अस्वीकार गरेको छ

डिसी नेपाल
६ असोज २०७९ १३:४७
20
Shares

काठमाडौं । उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यसो गर्ने योजना नरहेको बताएको छ ।

अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए।

उनीहरूले यस्तो कदम र इरानबाट कथित हतियार खरिदले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले युक्रेन युद्धसँग सम्बन्धित प्रयासलाई कमजोर पार्न प्रभावकारी साबित भएको देखाएको पनि बताए।

त्यसबेला रुसले पनि त्यस्ता समाचारको खण्डन गरेको थियो । दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “हामीले रुसलाई कहिले पनि हतियार वा गोलाबारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन।”

उत्तर कोरियाले अमेरिका लगायत अन्य “विपक्षी शक्तिहरू” लाई “आफ्नो मुख्य राजनीतिक र सैन्य लक्ष्यहरू पछ्याउन” अफवाह फैलाएको आरोप लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *