खुकुरी हानेर गुरुङको हत्या, ३ जना पक्राउ
काठमाडौं । झापा दमक नगरपालिका–३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या भएको छ । हत्यो गरेको अभियोगमा ईलाम चुलाचुली गाउँपालिका–४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
झ्याम्ले समेतका ५–७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए । घाइते गुरुङलाई प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उपचारको लागि लाईफलाईन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







डिसी नेपाल







Facebook Comment