सेना परिचालनपछि देश छोड्न बाध्य रूसी नागरिकलाई जर्मनीले स्वागत गर्ने

डिसी नेपाल
७ असोज २०७९ ६:२५
260
Shares

एजेन्सी। जर्मनीका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन भएको समाचार आइरहेको छ । जर्मनीले रूसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले सङ्केत गरेका छन्।

“गम्भीर दमनको खतरामा परेका रूसी जनताले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरूले जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्,” गृहमन्त्री न्यान्सी फेसरले फ्रैंकफर्टर अल्गेमाइन जेइटुङ पत्रिकासँगको अन्तवार्तामा बताएका छन्।

न्यायमन्त्री मार्को बुशम्यानले ‘आंशिक परिचालन’लाई सङ्केत गर्दै ट्वीट गर्दै भनेका छन्, “धेरै रूसी नागरिकले आफ्नो मातृभूमि छोड्दैछन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ।”

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गर्नुभएको थियो । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको दावी छ।

मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र रूसी नागरिकको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको उहाँले सम्बोधनमा भनेका थिए।

उनका अनुसार देशमा आंशिक रूपमा सेना परिचालनको प्रस्ताव रूसी रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *