लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

डिसी नेपाल
७ असोज २०७९ ६:४२
28
Shares

काठमाडौं। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *