मागदाबी नलिएको कसुरमा दोषी र लिएकोमा सफाई पाएको पल शाहको मुद्दामा यस्तो छ फैसलाको पूर्णपाठ
काठमाडौं । कलाकार पल शाहविरुद्धको जबरजस्तीकरणीको मुद्दामा नवलपुर जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला अदालत, नवलपुरले उनीविरुद्ध मागदाबी नदिएको ‘बाल यौन दुरुपयोग’ को कसुरमा दोषी ठहर गरेको हो।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले कारबाही माग गरिएको बलात्कारको कसुरमा सफाइ दिए। तर माग दाबी नै नएिको कुसर ‘बाल यौन दुरुपयोग’मा भने दोषी ठहर गरेको छ। इजलासले शाहलाई २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरले जबरजस्ती करणी गरेको अभियोग लगेको थियो। उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो।
उनीविरुद्द गत चैतमा सरकारी वकीलको कार्यालयले प्रहरीमार्फत बलात्कारको कसुरमा प्रमाण जुटाएर अधिकतम १४ वर्षको कैद सजायको माग गर्दै अभियोग दर्ता भएको थियो। फैसलामा प्राप्त सबुत र प्रमाणबाट शाह र नाबालिकाबीच यौन सम्बन्ध स्थापित भएको मान्न नसकिने उल्लेख छ ।
फैसलाको पूर्णपाठ
No ads found for this position

डिसी नेपाल
Facebook Comment