४० प्रतिशत सीट सुनिश्चितता गर्न कांग्रेसका असन्तुष्ट समूहको माग

डिसी नेपाल
८ असोज २०७९ १७:०४

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न माग गरेको छ ।

उनीहरुले आफुहरुको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन् । आफुहरुको मागका बिषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरुले यस बिषयमा गम्भीर हुन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए बिद्रोह हुने चेतावनी दिए । उनले गुटलाई प्रश्रय दिए पार्टी अघि बढ्न नसक्ने बताए ।

त्यस्तै कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याउन ध्यानाकर्षण गराए । उनले पार्टीमा योगदान गरेका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने जिकिर गरे ।

त्यस्तै कांग्रेस युवा नेता मनोजमणी आचार्यले पार्टीभित्र न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै त्यसो हुन नसके ४० प्रतिशत चाहिने स्पष्ट पारे ।

कार्यक्रममा सहभागी नेताहरुले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई वेवास्ता गरेको आरोप लगाएका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *