एमालेले ओलीको नेतृत्वमा चूनावमा जाने घोषणा गरेपनि गठबन्धनको नेतृत्व नै नभएको शंकर पोखरेलको टिप्पणी

डिसी नेपाल
८ असोज २०७९ १७:४४

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् ।

शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना बिभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरुको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउने काम एमाले मात्रै गर्ने उनले बताए । नेतृत्वको प्रश्न सुल्झाउने चूनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै बिषय नभएको उनले बताए । उनले अव मुलुकलाई रुपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरु एकठाउँ उभिन जरुरी रहेको धारणा राखे । उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए । पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चूनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे ।

पोखरेलले मुलुकको उचित बिकासको मोडललाई अवलम्वन गर्नुपर्ने जिकिर गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *