उडानमा यात्रुले परिचरलाई कुटेपछि …

डिसी नेपाल
९ असोज २०७९ ८:२७
3.9k
Shares

मेक्सिको सिटी। उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन्। मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन्। आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ। बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो। आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो अहिले भाइरल भएको छ।

वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो। अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युुरोका अधिकारीहरूले हटाएका थिए। ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो?’ भनेको सुन्न सकिन्छ। त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन्।

अन्य यात्रुुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ। एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन्। कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिले विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *