१२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै केन्द्रिय बैंक

डिसी नेपाल
९ असोज २०७९ ९:०६
56
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी पौष १२ गते परिपक हुनेछ। यस्तै, १८२ दिनको लागि ३ अर्बको ट्रजरी बिल आगामी फाल्गुन १४ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आइतबार दिउँसो ३ बजे खुला हुनेछ। आइतबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *