१२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै केन्द्रिय बैंक

डिसी नेपाल
९ असोज २०७९ ९:०६
56
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी पौष १२ गते परिपक हुनेछ। यस्तै, १८२ दिनको लागि ३ अर्बको ट्रजरी बिल आगामी फाल्गुन १४ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आइतबार दिउँसो ३ बजे खुला हुनेछ। आइतबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.