मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेकाे बताएका छन्। सीधा कुरा मुख्यामन्त्रीसँगकाे कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीकाे बारेमा अरुले नबुझेकाे बताएका हुन्।
कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए। नाै जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेकाे बताए। उनले भने- सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ।
सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो? भन्ने प्रश्नकाे जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेकाे हुँ।







डिसी नेपाल







Facebook Comment