राष्ट्रपतिविरुद्ध सर्वाेच्चमा परेको रिटमा कारण देखाउ आदेश
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दामा न्यायाधीश हरि फुयालको एकल इजलासले आइतबार राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
उनी विरुद्ध सुनिल रञ्जनसिंह लगायतले रिट निवेदन लगेका थिए । राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन्। संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्। दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरिनन्।







डिसी नेपाल







Facebook Comment