राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

डिसी नेपाल
९ असोज २०७९ १९:३४
180
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतबार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सभामुख र उपसभामुखको कार्यकालबारे प्रस्ट पार्न निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आगामी मंसिर ४ गते हुने चुनावका लागि समानुपातिकतर्फको मनोनयन दर्तासँगै सभामुख र उपसभामुखको सांसद पदसमेत रिक्त भएको अध्यक्षले जिकिर गरेका छन् ।

उनले महासचिवलाई पठाएको पत्रमा ‘२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधारमा मानी प्रतिनिधि सभाका सदस्य तथा पदाधिकारीको कार्यविधि नेपालको संविधान प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चय हुने व्यहोरा प्राप्त भएको’ उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.