इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री

डिसी नेपाल
१० असोज २०७९ ९:२७
52
Shares

रोम। इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन्। निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन्।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ। सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो। चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलब ५ प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दैछिन्।

ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *