विद्यालयमा गोली चल्दा बालबालिकासहित १३ जनाको मृत्यु
काठमाडौं । रसियाको एक विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु भएको छ। सो घटनामा २० जना घाइते भएको रसियाली अधिकारीहरुले बताएका छन्।
इजहेभ्सकी शहरमा रहेको करिब एक हजार विद्यार्थी अध्यनरत् विद्यालयमा गोली चल्दा मृत्यु हुनेमा सातजना बालबालिका रहेका छन्। दुईजना शिक्षक र दुईजना विद्यालयका सुरक्षागार्डको समेत मृत्यु भएको छ।
हाल सामाजिक संजालमा सो विद्यालयको भिडियोहरु सेयर भइरहेका छन्। जसमा कक्षाकोठामा रगत देख्न सकिन्छ। गोली प्रहार गर्ने व्यक्तिले अरुको हत्या गरेपछि आत्महत्या गरेका थिए। उनले गोली चलाउनुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment