बन्दुकधारीद्वारा विद्यालयमा आक्रमणः ११ बालबालिकासहित १७ जनाको मृत्यु
मस्काे। रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ। मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन्। आक्रमणमा परि २४ जना घाइते भएका छन्। घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ।
बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो। घटनापछि बन्दुकधारीले आत्महत्या गरेका छन्। विद्यालयका कक्षाकोठाहरुका भित्ताहरुमा रगत नै रगत भएको समाचारमा उल्लेख छ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय” भन्दै कडारूपमा निन्दा गरेका छन्। रसियामा तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment