बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे

डिसी नेपाल
११ असोज २०७९ ११:४६
148
Shares

ढाका। बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ। खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेको थियो। अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ।

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए। क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *