घटस्थापनसँगै तेह्रथुममा हाल्न थालियाे लिंगेपिङ
तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएकाे छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् ।
दसैंंको घटस्थापनासँगै तेह्रथुमको गाउँगाउँमा लिंगेपिङ बनाउन थालिएको छ। युवाहरू जंगलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन्। दसैँमा एक पटक भूइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ।
पिङ हालेपछि मात्र दसैँकाे आगमनको झझल्को दिने छथर गाउँपालिका- ५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँतिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेकाे छ।
हामीले जस्तै हाम्रा बच्चाहरुले पनि दशै आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छाैँ र दसैँतिहारकाे महत्त्व बुझाउने प्रयास गरेका छाैँ ।’
युवापुस्ताहरूमा गाउँमा हालिने लिंगेपिङको महत्व नै भुल्दै गएका छन् । ७० वर्षका माया लिम्बू भन्छिन्, ‘लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ ।
काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिंगाे गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्याैँ, अहिले त पहिलेको जस्तै महत्व छैन ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment