चाडपर्वलक्षित बजार अनुगमनमा उपमेयर सुनिता डंगोल

डिसी नेपाल
११ असोज २०७९ २१:०७
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ। महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो।

तीनवटा समूह टोली परिचालन गरी बजार अनुगमन थालेको महानगरले जनाएको छ । संघ तथा प्रदेश कार्यालयहरु पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको छ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको छ । टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेको हो। ​

उममेयर डंगोलले बजार अनुगमन नियमित हुने बताउदै कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु विक्री गरिरहेको भेटिएमा टलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गरेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *