सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

डिसी नेपाल
१२ असोज २०७९ ७:१६
60
Shares

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ।

त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ। आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *