सेरा लियोनकी प्रथम महिलाले भनिन् – राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

डिसी नेपाल
१२ असोज २०७९ ९:३५
252
Shares

सेरालियोन। सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले पीएचडी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन्। यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्दर्भ जोड्दै उनले उक्त धारणा राखेकी हुन्।

सरकारी विरोधी उक्त प्रदर्शनमा प्रहरी अधिकारीसहित ३१ जनाको मृत्यु भएको छ। विपक्षीले आफूलाई सत्ताच्युत गर्न खोजेको राष्ट्रपतिले विपक्षीलाई दोषारोपण लगाएकी छिन्। अमेरिका रकम जुुटाउने कार्यक्रममा बोल्दै प्रथम महिला बिओले अज्ञात समूहले आफ्ना श्रीमानलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाइन।

‘माडा बिओले कुलाई पराजय गर्ने सबालमा पीचएडी गरेका छन्, के उनलाई हटाउन सक्छौ’, प्रदर्शनकारीलाई संकेत गर्दै उनले भनिन्, ‘उनले कुु गर्न पीएचडी गरेका छन्। कसरी कुु गर्ने भनेर सिकाउने कोहीलाई तपाइँले कसरी हटाउन सक्नुुहुन्छ ?’ पछिल्ला दिनमा श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीब्र बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *