बाटोबाट लडेर एक जनाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७९ २०:१४
40
Shares

दार्चुला । नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका-२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो ।

मार्मा गाउँपालिका- ६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *