विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको निधनप्रति दूतावासद्वारा दुःख व्यक्त

डिसी नेपाल
१२ असोज २०७९ २३:०९
240
Shares

काठमाडौं । अमेरिकी पर्वतारोही तथा हिमाली स्की खेलकी किर्तिमानी खेलाडी हिलारी नेल्सनको निधनप्रति नेपालस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेल्सनको निधनप्रति दुःख व्यक्त गरेको हो । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी आज बिहान मृत भेटिएकी थिइन्।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *