दशैं, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने

डिसी नेपाल
१३ असोज २०७९ १२:०८
56
Shares

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *