टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, तीन लाख नगद बरामद

डिसी नेपाल
१३ असोज २०७९ १२:१९
276
Shares

काठमाडौँ। टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *