माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

डिसी नेपाल
१३ असोज २०७९ २०:५९
452
Shares

धनगढी । कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ । जिल्लको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *