मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

डिसी नेपाल
२४ असोज २०७९ १४:१८
8.9k
Shares

रोम। इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन्। यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ।

इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।

अनुसन्धानकर्ताहरूको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे। तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदाहरू धेरै हुने विषयमा जोड दिए।

माइक्रोप्लास्टिक भनेको ५ मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो। अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावरहरू र समुद्री वन्यजन्तुहरूमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो।

अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकहरूले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन्। गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकहरूले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *