गर्लफ्रेण्डले छोडेपछि आफ्नै टाउकोमा गोली हानेर आत्महत्या !
काठमाडौं । भाडाको घरबाट गोली चलेको आवाज आएपछि प्रयागराजको कर्नलगञ्जमा हलचल मच्चियो । गोलीको आवाज सुनेर वरपरका मानिसहरु युवकको कोठातर्फ दौडे । कोठा भित्रबाट बन्द थियो ।
घरधनी र छिमेकीले झ्यालबाट हेरेपछि सबैको होश उड्यो । ओछ्यानमा रगतले लतपतिएको एक पुरुषको शव थियो । घटनाको तत्कालै प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
२३ वर्षीय कृष्णा यूपीको फतेहपुर जिल्लाका निवासी थिए र उनी जिममा जडान गरिएका मेसिनहरू ठीक गर्ने गर्थे। कटराको मनमोहन पार्क नजिकै भाडाको घरमा बस्दै आएका थिए ।
जानकारी अनुसार उनको एक युवतीसँग प्रेम सम्बन्ध थियो । तर प्रेमिकाले केही कुरालाई लिएर उनीसँग दुरी बनाएकी थिइन् । जुन सहन नसकेर टाउकोमा गोली हानेर आत्महत्या गरे ।
प्रहरीले मृतक युवकको कोठाबाट सुसाइड नोट पनि फेला पारेको छ । जसमा उनले प्रेमिका टाढा गएको कुरा लेखेका छन् । प्रेमिकाले उनलाई छाडेकी थिइन् । जसको पिडाले सताइरहेको थियो ।
त्यसपछि उनले यो डरलाग्दो कदम चालेका हुन् । प्रहरीले घटनास्थलबाट बरामद अवैध हतियार समेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । उनको परिवारका सदस्यलाई पनि जानकारी गराइएको छ ।







डिसी नेपाल







Facebook Comment