रुसले युक्रेनको राजधानी किभमा ७५ वटा मिसाइल हान्यो

डिसी नेपाल
२४ असोज २०७९ १५:३०
984
Shares

काठमाडौं । रुसले विहानैदेखि युक्रेनको राजधानीमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा छन्।

युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको बताएका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए ।

सेना प्रमुखले भने कि रुसले बिहानैदेखि कीभमा ७५ वटा मिसाइल प्रहार गरेको छ । आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए । किभका मेयरले भने कि रुसले किभका महत्त्वपूर्ण भवनहरूलाई निशाना बनाएको छ।

किभ बाहेक द्नीप्रो, ज़पोरीज़्जिया, खारकीएव, तेरनोपिल, लवीव सूमी लगायत धेरै क्षेत्रमा आक्रमणहरू भइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *