निकारागुवामा भीषण आँधी: २८ जनाको मृत्यु

डिसी नेपाल
२५ असोज २०७९ ९:५०
80
Shares

निकारागुवा। निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ। आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ। आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ।

अमेरिकाको नेसनल हरिकेन सेन्टर (एनएचसी) ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन्। होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको मृत्यु भएको छ। शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिँदा चार वर्षीय बालकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको बताएको छ। मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको मृत्यु भएको छ।

एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ। पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *