पाकिस्तानी राष्ट्रपतिले किन भने, ‘म इमरान खानको वकिल होइन’
काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले राजनीतिमा सेनाको कुनै भूमिका नभएको र यो संविधानमा स्पष्ट रहेको बताएका छन् ।
पाकिस्तानको एक निजी च्यानललाई दिएको अन्तर्वार्तामा अल्वीले सेना प्रमुखले सेनाको भूमिकाबारे हालै जे भनेका छन् त्यसमा आफू पूर्ण सहमत रहेको बताए ।
पाकिस्तानका सेना प्रमुखले झुण्डहरूलाई आर्थिक र राजनीतिक अस्थिरता सिर्जना गर्न नदिने बताएका थिए। राष्ट्रपति अल्वीले भने, “बिल्कुल सही। यसबाहेक उनले केही भन्न पनि हुँदैन। सेना प्रमुखका शब्दहरू पूर्णतया संवैधानिक छन्।”
पाकिस्तानी सेना तटस्थ छ कि भनेर सोध्दा ? आरिफले भने, “उनीहरू हुनुपर्छ। राजनीति भित्र पाकिस्तानको संविधानमा उनीहरूको कुनै भूमिका छैन।”
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले हालै पाकिस्तानको सेना तटस्थ रहन नहुने बताएका थिए । त्यसोभए के तपाईं इमरान खानसँग सहमत हुनुहुन्न भन्ने प्रश्नमा राष्ट्रपति अल्वीले भने, “तपाईंले खान साहेबलाई उहाँको मतलब के हो भनेर सोध्नुहोस्। उहाँले के भन्न खोज्नुभएको हो भन्ने राम्रोसँग भन्न सक्नुहुन्छ। म उहाँको वकिल होइन। उहाँ मेरो नेता हुनुहुन्थ्यो र हुनुहुन्छ। जसले मलाई राष्ट्रपति पदका लागि मनोनयन गर्नुभयो । मैले २२ वर्षदेखि इमरान खानसँग राजनीतिक संघर्ष गरेको छु।
उनले राजनीतिक दलहरुबीच घृणाको वातावरण हुन नहुने बताए । उनले भने, “घृणा यति धेरै हुनु हुँदैन कि राष्ट्रले दुःख पाउनु पर्छ। अहिले देशभित्र धेरै समस्या छन् र राजनीतिक दलहरूबीच वार्ता होस् भन्ने मेरो प्रयास छ।”







डिसी नेपाल







Facebook Comment