प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलले कति महिला उम्मेदवार उठाए ?

डिसी नेपाल
२५ असोज २०७९ ११:२२
80
Shares

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमध्ये ३६ राजनीतिक दलले मात्र एक वा एकभन्दा बढी संख्यामा महिला उम्मेदवार उठाएका छन्।

सबैभन्दा महिला उम्मेदवार स्वतन्त्ररुपमा उठेका छन्। स्वतन्त्र रुपमा ८५ जना महिलाले प्रतिनिध सभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। राजनीतिक दलमध्ये सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उठाएका छन्। तीनै पार्टीले १२/१२ जना महिला उम्मेदार प्रतिनिधि सभा निर्वाचनमा उतारेका छन्।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाली कांग्रेसले ५, मंगोल नेशनल अर्गनाइजेसनले १०, जनता समाजवादी पार्टी, नेपालले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६, हाम्रो नेपाली पार्टीले ४, राष्ट्रिय जनमुक्ति पार्टीले ८, जनमत पार्टीले २, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/ नेपाल समाजवादी पार्टीले ८, जनमत पाटीले २ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३ जना महिला उम्मेदवार उठाएको छ।

यस्तै, नेपाली कांग्रेस (बी.पी.)ले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९, नागरिक उन्मुक्ति पार्टीले ३, जन समाजवादी पार्टी नेपालले ५, नेपाल आमा पार्टी/ नेपाल नौलो जनवादी पार्टी/ सचेत नेपाली पार्टी/ नेपाल सुशासन पार्टीले ३, नेकपा (माक्र्सवादी लेनिनवादी)ले २, नेकपा (एकीकृत समाजवादी)ले १, मौलिक जरोकिलो पार्टीले ३ र नेश्नलिष्ट पिपल्स पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ।

नेपालका लागि नेपाली पार्टीले १, आमूल परिवर्तन मसिहा पार्टी नेपालले २, जनता प्रगतिशिल पार्टी, नेपालले १, एकीकृत शक्ति नेपालले २, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले १, नेपाल जनता पार्टीले २, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले २, नेपाल संघीय समाजवादी पार्टीले १, नेपाल जनता दलले १, पिछडावर्ग निषाद दलित जनजाती पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, जनजागरण पार्टै नेपालले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १ र एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले १ जना महिला उम्मेदवार उठाएको छ।

विवेकशील साझा पार्टीले एक जना पनि महिला उम्मेदवार उठाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *