सुनचाँदीको मूल्यमा ठूलो गिरावट : सुन तोलामा ९ हजार ५ सय र चाँदी १८५ रुपैयाँले घट्यो
काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको छ। यसअघि गत शुक्रबार तोलामा २ हजार ४ सय रुपैयाँ र बिहीबार १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको थियो। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ हजार ६५ रुपैयाँमा बिक्री भएको थियो।
यसअघि गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य (अलटाइम हाइ) हो।
त्यसैगरी चाँदी पनि माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर कीर्तिमान कायम गरेको थियो। तर त्यसको लगत्तै माघ १८ गते चाँदीको मूल्यमा तोलामा १५ सय ६५ रुपैयाँको भारी गिरावट आएको थियो, जुन चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो गिरावट हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment