बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर रहने
काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन अर्को व्यवस्था नभएसम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ।
यसअघि भाद्र १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलका साथै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराउँदै आएकोमा कम्पनीले सो सेवाको समय थप गरेको हो। बाढी प्रभावित क्षेत्रका बासिन्दालाई कम्पनीद्वारा उपलब्ध गराइएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्न टेलिकमले अनुरोध गरेको छ।
अविरल बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको भए पनि दूरसञ्चार सेवा यथासम्भव सुचारु राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत-सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालित भइरहेको छ।
जसअनुसार अधिकांश स्थानका संरचना सञ्चालनमा आइसकेका छन् भने बाँकी रहेका संरचनासमेत शीघ्र सुचारु गराउन कम्पनीका प्राविधिकहरू निरन्तर खटिरहेका छन्।
विपद्को यस कठिन परिस्थितिमा नेपाल टेलिकमको सेवामार्फत सेवाग्राहीलाई आफ्ना आफन्तजनसँग सहज रूपमा सञ्चार सम्पर्क कायम राख्न ठूलो सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment