तिब्बतमा भएको विनाशको सही आकलन गर्न किन कठिन छ ?

डिसी नेपाल
१४ भदौ २०८३ १४:३०

काठमाडौं । तिब्बत चीनको सबैभन्दा कडा नियन्त्रणमा रहेका क्षेत्रहरूमध्ये एक हो। चीनले सन् १९५० को दशकमा तिब्बतमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो।

तिब्बतले लामो समयदेखि थप स्वायत्तताको माग गर्दै आएको छ र चीन यहाँ हुने कुनै पनि विरोध प्रदर्शन वा जुनसुकै किसिमको अस्थिरतातर्फ निकै सतर्क रहने गर्दछ।

यसै कारण यस विपद्पछि चीनका राष्ट्रपति शी जिनपिङ स्वयंले उद्धार तथा राहत कार्यका लागि निर्देशन दिएका छन्।

चीनका प्रधानमन्त्री ली छ्याङ पनि बिहीबार घटनास्थल पुगेका छन्। कुनै ठूलो विपद्लगत्तै यति छिटो उनको प्रभावित क्षेत्रको भ्रमण हुनुलाई निकै असामान्य मानिएको छ।

तिब्बतमा प्रवेश गर्न सहज छैन। विदेशीहरूलाई त्यहाँ जानका लागि विशेष भिसा र अनुमतिपत्र (परमिट) को आवश्यकता पर्दछ। विदेशी सञ्चारमाध्यमका लागि पनि तिब्बतसम्म पुग्न निकै कठिन छ। त्यहाँ रहेका मानिसहरूसँग सम्पर्क कायम गर्नु पनि सहज छैन।

यही कारण तिब्बतमा यतिबेला वास्तवमा कति ठूलो विनाश भएको छ भन्ने कुराको सही आकलन गर्न गाह्रो भइरहेको छ।

हामी त्यहाँको स्थितिबारे जान्नका लागि धेरै हदसम्म चीनका सरकारी सञ्चारमाध्यमका रिपोर्टहरूमा नै निर्भर हुनुपरिरहेको छ।

नेपालबाट तिब्बत हुँदै पवित्र कैलाश मानसरोवरको यात्रामा जाने तीर्थयात्रीहरूले पनि चारवटा फरक-फरक परमिट लिनुपर्छ। जसमा चिनियाँ सेनाबाट प्राप्त हुने विशेष अनुमतिसमेत समावेश हुन्छ।

चीनको सरकारी प्रसारण संस्था सिसिटिभीका अनुसार शनिबार साँझ ६ बजेसम्म तिब्बतमा गएको पहिरो (मडस्लाइड) का कारण १६ जनाको मृत्यु भइसकेको छ भने ५४६ जना बेपत्ता छन्। बेपत्ता हुनेहरूमा २२६ जना विदेशी नागरिकसमेत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *